२३ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंमा चोरी गर्ने गिरोहका तीन जना पक्राउ



२० मंसिर । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रातको समयमा चोरी गर्ने गिरोहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको बिहार राज्य समस्तिपुर जिल्ला घर भइ काठमाडौंको तिलगंगा बस्ने २१ वर्षीय कृष्ण पोदार, भारतको मोतीहारी जिल्ला राजापुर घर भइ तिलगंगामै बस्ने १९ वर्षीय फ्रुटी भन्ने किसन गिरी र काठमाडौंको नागार्जुन नगरपालिका ६ सितापाईलाका वर्ष ३० को बिक्रम गर्तौला रहेका छन्।

मंसीर ५ गते राति गौशलास्थित बालकृष्ण श्रेष्ठको घरबाट सुनका विभिन्न गरगहना तथा नगद गरी १३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल चोरी गरी लगेको घटनाको अनुसन्धानको क्रममा उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई सिनामंगल शम्भुमार्गबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत गौशला पठाएको छ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  १ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।