गण्डकी
२० मङ्सिर । नेपाली सहित विभिन्न भाषामा निर्माण हुँदै गरेको चलचित्र हिटम्यान ओटिटी ल्पेटफर्म अमेजन प्राइम भिडियोले खरिद गरेको छ ।
नेपाली कलाकार अभिनित तेलुगु फिल्म ‘हिटम्यान’ नेपाली, हिन्दी, अरबी, तमिल, चिनियाँलगायत भाषामा एकसाथ प्रदर्शनमा आउने यस चलचित्र संसारको चर्चित ओटीटीले किनेको हो ।
आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा चलचित्रका निर्देशक एवं अभिनेता विष्णु अधिकारीले आगामी फ्रेबुअरीदेखि फिल्म विश्वव्यापी प्रदर्शन हुने जानकारी दिए ।
प्रदर्शनको मिति भने केही दिनपछि तय हुने बताइन् । चलचित्रमा अधिकारीसँगै, आँचल शर्मा, प्रशान्त ताम्राकार र मिलन सिजापतीलगायत कलाकारको अभिनय रहेको जनाइएको छ । चलचित्रको कथा पनि अधिकारीले नै लेखेका हुन् । दक्षिण भारतीय शैलीमा बनेको चलचित्रमा नेपाल र भारतबीचको अन्तरसम्बन्धलाई देखाउन खोजिएको निर्देशक अधिकारीले बताए ।
चलचित्रले काठमाडौँ र पोखराको सौन्दर्यलाई प्रस्तुत गर्ने उनको भनाइ छ ।
नेपाल, भारत, दुबई, श्रीलङ्का र फ्रान्समा चलचित्रको छायाङ्कन गरिएको अधिकारीले बताए । ९९ सिनेमाज्को ब्यानरमा बनेको चलचित्रको निर्माता दीपक अधिकारी र सहनिर्माता सन्नी लावती रहेका छन् ।
प्रतिक्रिया