काठमाडौं
२१ मंसिर । बालाजुमा ट्रकले स्कुटरलाई ठक्कर दिंदा स्कुटरमा सवार एक जना यात्रुको मृत्यु भएको छ ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका १६ बनस्थली ढुङ्गेधारास्थित सडकमा ना.८ ख ३५०१ नम्बरको ट्रक र बाग्मती प्रदेश ०२–०३१ प ४९४९ नम्बरको स्कुटर एकआपसमा ठक्कर दिएको थियो । दुर्घटनामा स्कुटरमा सवार नागर्जुन नगरपालिका १ रानिबन बस्ने २३ वर्षिय बिशाल लामाको बुधबार मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको ओमसाई बाबा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
ट्रक र स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर कारवाही प्रकृया अघि बढाएको छ ।
२१ मंसिर २०८०, बिहिबार
274
Shares







प्रतिक्रिया