३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


विमानस्थलबाट बरामद भएको १४ केजी सुनबारे छानबिन गर्न समिति गठन



२२ मंसिर । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले बिहीबार राति दुबईबाट आएका यात्रुको साथबाट १४ केजी सुन बरामद भएको विषयमा छानबिन गर्न समिति गठन गरेको छ । भन्सार अधिकृत मणिराम पौडेलको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरिएको हो । समितिमा डीएसपी सूर्यप्रकाश सुवेदी, भन्सार अधिकृतहरू प्रकाश निरौला, डिल्लुप्रसाद शर्मा, लोकराज ढुंगाना र शाखा अधिकृत मञ्जु थापा रहेका छन् ।

बिहीबार राति करिब १४ केजी सुनसहित दुबईबाट आएका गोरखाका चन्द्र घले पक्राउ गरेका थिए । उनको बयानको आधारमा गोरखाकै मीनबहादुर घलेलाई पनि पक्राउ गरिएको छ । सुन परीक्षणका लागि भन्सार विभाग पठाइएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  ७ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।