११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


राजधानीबाट चार जना राइफर र बन्दुकसहित पक्राउ



काठमाडौं
२२ मंसिर । राजधानीबाट चार जना युवा युवती राईफल र बन्दुकसहित पक्राउ परेका छन् ।
प्रहरीका अनुसार काठमाडौंको काठमाडौं महानगरपालिका १३ कालिमाटी डेरा गरी बस्ने सर्लाही घर भएका २२ वर्षीय कुशल मल्लिक र ललितपुर महालक्ष्मी नगरपालिका ४ ईमाडोल डेरा गरी बस्ने काभ्रे धुलिखेल घर भएकी २८ वर्षीया काँजल मल्लिक समेत ४ जनालाई हातहतियारसहित प्रहरीले बिहीबार प्रहरीले पक्राउ गरेको हो ।
कुशलले हातहतियार बोकी हिँडिरहेकोे सूचनापछि प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले चन्द्रागिरी नगरपालिका १४ नैकापबाट उनलाई पक्राउ गरेका थियो । उनीमाथिथप अनुसन्धानको क्रममा काँजलको कोठामा गितारको कभरमा लुकाई राखेको अवस्थामा मेड ईन युएसए लेखेको टुटु बोरको राईफल १ थान र दुई नाले टोटावाल बन्दुक १ थान बरामद गरी उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  ७ : २८ बजे