३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


माल्टा पठाइदिन्छु भनी ठगी गरेको आरोपमा जावलाखेलबाट एक व्यक्ति पक्राउ



२२ मंसिर । वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिने बहानामा ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा जुम्लाको हिमा गाएँपालिका–५ घर भई हाल काठमाडौं १५ डल्लु बस्ने वर्ष ३३ को धर्मेन्द्र शाही रहेका छन्।

शाहीले सोम्बार तामाङ समेत २ जनालाई वैदेशिक रोजगारीको लागि माल्टा पठाईदिन्छु त्यसको लागि प्रतिव्यक्ति १० रुपैयाँ लाग्छ, माल्टा पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिन्छु, मासिक १ लाख १० हजार रुपैयाँ तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी पटकपटक गरी ७ लाख ५ हजार रुपैयाँ रकम लिई सम्पर्कविहीन भएका थिए।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले शाहीको खोजतलास गर्ने क्रममा बिहीबार ललितपुरको जावलाखेलबाट पक्राउ गरेको हो। उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  ३ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।