११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौं महानगरले सैनिक मञ्चमा महानगर दिवस मनाउने



काठमाडौं
२३ मंसिर । काठमाडौं महानगरपालिकाले २९ औं महानगर दिवस सैनिक मञ्च टुँडिखेलमा मनाउने भएको छ ।
शुक्रवार बसेको महानगरको २५ कार्यपालिका बैठकले महानगर दिवस सैनिक मञ्च टुडिखेलमा मनाउने निर्णय भएको मेयर बालेन्द्र साह (बालेन)सो बताएका छन् ।
यही मंसिर २९ गते महानगरले विभिन्न कार्यक्रमसहित महानगर दिवस सैनिक मञ्च टुँडिखेलमा मनाउन लागेको हो ।
यस अघिका वर्षमा महानगर दिवस बसन्तपुरको डबलीमा मनाइँदै आइएकोमा अहिलो क्षेत्रमा नो भेहकल जोन तथा साउण्ड, स्पिकर निषेध गरिएकोले स्थान परिवर्तन गरिएको प्रमुख शाहले जानकारी दिए ।
सोही अनुरूप तयारी गर्न मेयर बालेन शाहले कार्यपालिका बैठकमा वडा अध्यक्षहरुलाई आग्रह गरेका छन ।
उपप्रमुख सुनिताले यो बर्ष फरक र उर्जावान ढंगले मनाउने भएकोले सबैले सक्रिय रुपमा सहभागी भईदिन आग्रह गरिन ।

 

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार  ८ : ११ बजे