२४ मंसिर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन दिन अघि १४ किलो सुन बरामद घटना सेलाउन नपाउँदै शनिवार राति सुन ल्याएको आरोपमा दुई विदेशी नागरिक पक्राउ परेका छन्।
शनिवार राति दुबईबाट नेपाल आएका दुई यात्रु अवैध सुन ल्याएको आरोपमा पक्राउ परेको प्रहरी स्रोतले जनाएको छ। ए२४७०८४२३ वाहक इजिप्टका नागरिक सेरिफसँगै पी १०१८४८९७ नम्बरको राहदानी वाहक उनका सुडानी साथी ओस्मानलाई नियन्त्रणमा लिइएको छ।
दुबईबाट आएका दुई जना विदेशी यात्रुको साथबाट साढे ६ किलोग्राम सुन फेला परेको प्रहरी स्रोतको दाबी छ। उनीहरूको साथबाट बरामद भएको सो परिमाणको तरल सुन फेला परेको बताइए पनि त्यसलाई प्रहरीले बाहिर ल्याएको छैन।








प्रतिक्रिया