२४ मंसिर । पोखराबाट एक किशोरले बस चोरी गरेका छन् । पोखरा ९ पृथ्वीचोकमा पार्किङ गरि राखेको बस चोरेर लैजाँदै गर्दा किशोर पक्राउ परे । शुक्रवार ग १ ख ९६३८ नम्बरको बस उनले चोरेर चितवन लगेका हुन् ।
बस चोरी भएको सूचना पाएपछि प्रहरीले खोजी थाल्यो । चितवनस्थित भरतपुर ११ आँपटारी चेकपोष्टबाट बससहित तनहुँ म्याग्दे घर भएका १७ वर्षीय किशोर पक्राउ परेका छन् ।
बालकको परिचय प्रहरीले गोप्य राखेको छ ।
२४ मंसिर २०८०, आइतबार
126
Shares








प्रतिक्रिया