५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भक्तपुरको सूर्यबिनायक र सुडालमा एक एक जना मृत फेला



२५ मंसिर । भक्तपुरका सूर्यबिनायक श्रृजनानगर र सुडालमा एक एक जना मृत फेला परेका छन् ।
प्रहरीका अनुसार भक्तपुरको सूर्यबिनायक नगरपालिका ५ श्रृजनानगर बस्ने ४३ वर्षीया मायादेवी शाक्य आफ्नै सुत्ने कोठामा आइतबार मृत अवस्थामा फेला परेकी छन् ।
यसैगरी भक्तपुरको चाँगुनारायण नगरपालिका ८ सुडालस्थित टहरोमा डेरा गरी बस्ने सिन्धुपाल्चोक मेलम्ची पाचँपोखरी घर भएका ४५ वर्षीय सुकमान तामाङ सोही टहरोमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाहरुका सम्बन्धमा भक्तपुर प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  ३ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।