१२ मंसिर २०८१, बुधबार | Thu Nov 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


लघुचलचित्र ‘द स्कुल वाल’ नाइजेरिया र जिम्वावेको फिल्म फेस्टिभलमा छनोट



 

काठमाडौं
२५ मंसिर । लघुचलचित्र ‘द स्कुल वाल’ नाइजेरिया र जिम्वावेमा छनोट भएको जनाइएको छ ।
छोटो चलचित्र नाइजेरियाको इडो स्टेट इन्टरनेशनल फिल्म फेस्टिभल र जिम्वावेको भर्सिटी फिल्म एक्स्पोमा प्रर्दशनका लागि छनोट भएको छ ।
बाल मनोविज्ञानमा आधारित यो लघुचलचित्रमा श्लोक साहले मुख्य भुमिका निर्वाह गरेका छन् । चलचित्रमा कलाकारहरु सुवास प्रसाद गजुरेल, सरोज लामिछाने, चन्द्रप्रसाद पाण्डे, गिताश्री थापा, आयुषा गौतम, बिदुरप्रसाद सिग्देल, निष्ठा दाहाल, रेहान केसी, खेम राज कोईराला, उद्धव दंगाललगायत सेलीब्रेशन स्कूलका विद्यार्थीहरुको अभिनय रहेको छ ।

लघुचलचित्रलाई सुरेन्द्र क्षेत्रीले कास्टिङ डिरेक्सनसँगै निर्माणसमेत गरेका छन् । काठमाडौंमा छायांकन गरिएको लघुचलचित्रको दृश्य नारायण जिसीले खिचेका हुन् । लघुचलचित्रको सम्पादन तथा रङ्ग संयोजन अनिल कुमार महर्जनले गरेका छन् । सहायक निर्देशन करन साउदको रहेको छ । ऐना आट्र्सको प्रस्तुतिमा निर्माण भएको लघुचलचित्र द स्कुल वालको लेखन तथा निर्देशन मोहन अभिलाषीले गरेका हुन् । उनकै लेखन तथा निर्देशन रहेको लघुचलचित्र ‘घुर्रा’, ‘भाउ’, ‘पाउलो’ विभिन्न देशहरुमा छनोटमा परिसकेको छ । लघुचलचित्र ‘द स्कुल वाल’ को अफिसियल पार्टनरको रुपमा साईलेन्ट एक्ट र मालिका मिडिया रहेका छन् ।
यसअघि बेलायतको लिफ्ट अफ फिल्ममेकर सेसन्समा छनोट भएको थियो ।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  ३ : ५० बजे