२७ मंसिर । प्रदेश सासंद ‘दीपक मनाङ्गे’ले निर्माण गर्न लागेको चलचित्र चलचित्र ‘कङ्गारु’मा केदार घिमिरे ‘माग्ने बुढा’सँगै अर्पण थापाको पनि प्रवेश भएको छ ।
यो चलचित्रमा केही दिन अघि कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले साइन गरेका थिए ।
केदारको प्रवेशसँगै चलचित्रको अर्को प्रमुख पात्रमा अर्पण थापाले पनि साइन गरेका हुन् । थापा र यो चलचित्रको निर्माण पक्षबिच औपचारिक रूपमा सम्झौता भएको हो ।
यो चलचित्रलाई सस्पेन्स, थ्रीलर र कमेडी जनरामा निर्माण गर्न लागिएको छ । यसअघि उनले निर्देशन गरेको चलचित्र ‘लाखे’लाई एक्सन जनरामा निर्माण गरिएको थियो ।
फुलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एन्ड फिल्मसँग आस्याप इन्टरटेन्मेन्टको सहकार्यमा यो चलचित्र निर्माण हुन लागेको हो । चलचित्रमा प्रेम थापा, धन बहादुर गुरुङ र लक्ष्मी राई निर्माताको रुपमा छन् ।
चलचित्रको सह–निर्मातामा रोनिश बहादुर बस्नेत छन् । टीका भण्डारी र सन्तोष अधिकारी(अष्ट्रेलीया) कार्यकारी निर्माता रहेको चलचित्रको लाइन प्रोड्यूसरमा आस्याप इन्टरटेन्मेन्ट(अष्ट्रेलीया) रहेको छ ।
चलचित्रमा सीमा गुरुङको कथा, महेश दवाडीको पटकथा छ । चलचित्र निर्माणमा लक्ष्मी ज्वेलर्स यूकेले पनि सहकार्य गरेको छ । चलचित्रका प्रोडक्सन डिजाइनर दिलीप पन्त छन् ।
निर्देशक बस्नेतले कंगारुमा केही फरक कथा भन्न मन लागेको र दर्शकले फरक स्वादमा हेर्न पाउने बताएका छन् ।
प्रतिक्रिया