९ चैत्र २०८२, सोमबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरका ज्येष्ठ नागरिकलाई निमोनियाविरुद्धको निःशुल्क खोप



२७ मंसिर । ललितपुर महानगरले नगर क्षेत्रभित्रका ज्येष्ठ नागरिकलाई निमोनियाविरुद्धको खोप दिने तयारी गरेको छ। महानगरका प्रवक्ता राजु महर्जनका अनुसार खोप खरिदको लागि बोलपत्र आह्वान भएको छ।

जाडो महिनामा जोखिम उमेर समूहका नागरिकलाई हुन सक्ने निमोनियाँको जोखिमबाट बचाउनको लागि निमोनियाँ विरुद्धको खोप दिन लागिएकाे हाे ।

यस्तै ललितपुर महानगरपालिकाले जारी गरेको ‘ज्येष्ठ नागरिक तथा अपांङ्गतासंग महानगर’ कार्यक्रम यो आर्थिक वर्षदेखि सुरु भएको ललितपुर महानगरपालिकाले जनाएको छ। असारको अन्तिम सातादेखि महानगरले ज्येष्ठ नागरिक तथा अपाङ्गताको घरमै पुगेर स्वास्थ्य सेवा दिन सुरु गरेको हो।

हालसम्म यो कार्यक्रम यो आर्थिक वर्षभित्र महानगरपालिका भित्रका वडा नम्बर ५, ६, ७, ८, ११, १२ र १६ वडामा पुगिसकेको छ। स्वास्थ्य परिक्षणपछि औषधी सते निःशुल्क प्रदान गरेको उपमहानगरका प्रवक्ता राजु महर्जनले बताए।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  ९ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।