११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको साँखुमा मोटरसाइकलको ठक्करपछि एक बृद्धाको मृत्यु,एक घाइते



२७ मंसिर । काठमाडौंको साँखु क्षेत्रमा मोटरसाइकलको ठक्करपछि एक बृद्धाको मृत्यु भएको छ भने मोटरसाइकलमा सवार अर्का एक जना घाइते भएका छन् ।
प्रहरीका अनुसार शंखरापुर नगरपालिका ५ पालुबारीस्थित सडकमा बा.प्र०२–०३९ प १०५६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ओखलढुङ्गा घर भएकी ७६ वर्षीया खड्क माया खत्रीको मंगलबार दिउँसो मृत्यु भएको हो ।
मोटरसाइकलको ठक्करपछि गम्भीर घाइते भएकी उनको शुश्मा कोईराला मेम्मोरियल अस्पताल शलम्बुटारमा उपचारको क्रममा मृत्यु भएको हो ।
घाइते भएका मोटरसाइकलमा सवार अन्य १ जनाको
यसै अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएर कानूनी प्रकृया सुरु गरेको छ ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  ३ : २७ बजे