४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


बच्चा जन्माउन अभिनेत्री रेखा अमेरिका प्रस्थान, भन्छिन्, ‘चन्द्रमा नै गए पनि कसैको टाउको नदुख्दैन’



२७ मंसिर । नेपाली चलचित्रकी अभिनेत्री तथा राप्रपा नेपालकी नेतृ बच्चा जन्माउन केही दिनअघि अमेरिका गइन् । बच्चा अमेरिकामा जन्माएर उतैको नागरिक बनाउन नेपाली चलचित्रकी अभिनेत्री अमेरिका उडेको चर्चासँगै उनले प्रतिकृया दिएकी छिन् ।
एक टेलिभिजन कार्यक्रममा अभिनेत्री रेखाले सबै परिवारको सदस्य अमेरिकामै रहेकाले घर गएको बताएकी छिन् । उनले अमेरिका छुट्टी मनाउन जान लागेको र आफू चन्द्रमा नै गएपनि कसैको टाउको नदुख्ने भनाई राखेकी छिन् ।
आफूले जन्माएको बच्चा १८ बर्ष भएपछि कहाँको नागरिक बन्ने उसैले निर्णय गर्ने उनको भनाई छ ।
रेखाले केही दिनअघि गर्भावस्थाको फोटोसुट पनि गरेकी थिइन् ।
राजनीतिक पार्टीमा आवद्ध रहेको राजनीतिमा समेत सक्रिय अभिनेत्री तथा नेतृको परिवारको बसोबास अमेरिका भएको खुलासा भएसँगै उनको नेपालमा राजनीति भविश्य कति लामो हुने भन्ने प्रश्न समेत उठेको छ ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  ३ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।