४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


दक्षिण भारतीय फिल्म ‘सालार’ का लागि मेनुकाले गाइन गीत(भिडियोसहित)



२७ मंसिर । दक्षिण भारतीय फिल्म ‘सालार’ का लागि नेपालकी मेनुका पौडेलले गाएको गीत सार्वजनिक भएको छ। हम्बेल पिक्चर्स युट्युव च्यानलमार्फत ‘सालार’ मा समावेश ‘ सुरज ही छावं बनके’ बोलको हिन्दी गीत सार्वजनिक गरिएको हो।
यो गीत गाएसँगै मेनुकाले भारतको पार्श्वगायनमा डेब्यू गरेकी छिन्। मेनुकाले केहीदिनअघि इण्डियन आइडलको पछिल्लो एपिसोडमा सालारको लागि गीत गाएको जानकारी दिएको थिइन्।रिया मुखर्जीको शब्द रहेको गीतमा रवि बसरुरले  संगीत भरेका छन्। लिरिकल शैलीमा तयार पारिएको गीतको भिडियोमा प्रभाससहित पृथ्वीराज सुकुमारणलाई देखाइएको छ। गीतसँगै फिल्मको कथावाचन समेत गरिएको छ। साथीबीचको मायाप्रेममा बुनिएका गीतका शब्दहरु निकै मनछुने छन्। प्रशान्त नील निर्देशित सालारको पहिलो पार्ट २२ डिसेम्बरबाट रिलिज हुँदैछ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  ४ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।