२९ मंसिर । नेपालको आकाशबाट पनि उल्का बर्षाको अद्भुत दृश्य देखिएको छ ।
नेपाल एष्ट्रोनोमिकल सोसाइटी(नासो)ले नेपालको आकाशबाट उल्का बर्षाको अद्भुत दृश्य रहेको तस्विर सार्वजनिक गर्दै आगामी पुस १ गतेसम्म यो दृश्य हेर्न सकिने जानकारी दिएको छ ।
नासोले गत मंसिर १८ गतेबाट सुरु भएको उल्का बर्षा घण्टामा १ सय ५० वटासम्म हेर्न पाइने बताएको थियो । यति धेरै उल्का बर्षा हुने दृश्य शताब्दिकै दुर्लभ र अद्भुत हुने नासोको भनाई छ ।
नगरकोट नजिकैबाट ओशन कट्टेलले कैद गरेको तस्विर सार्वजनिक गर्दै नासोले उपलव्ध तस्विर पठाउन सर्वसाधारणलाई सूचित गरेको छ ।
२९ मंसिर २०८०, शुक्रबार
100
Shares
प्रतिक्रिया