२९ मंसिर । आजदेखि दुई नेपाली चलचित्र कदम र जम्प चलचित्र भवनहरुमा प्रर्दशनमा आएका छन् ।
चलचित्र जम्पको गत आइतबार प्रिमियर गरिएको थियो । चलचित्र हेर्ने निम्तालुले फ रक स्वादको चलचित्र रहेको प्रतिकृया दिएका थिए ।
गत कार्तिक २४ गते चलचित्र दिमाग खराव प्रर्दशन भएपछि कुनै पनि नेपाली चलचित्र हलमा प्रर्दशन भएका थिएनन् । भारतीय चलचित्र एनिमल नेपाली हलहरुमा प्रर्दशन भएपछि नेपाली चलचित्र प्रर्दशन गर्न निर्माताले आँट नगरेका हुन् । चलचित्र एनिमलले नेपाली बजारबाट उल्येख्य पैसा संकलन गरेको बजारमा चर्चा छ ।
चलचित्र जम्प आशुतोषध्वज कार्कीले निर्देशन गरेका हुन् भने चलचित्र दुई कदम उदय सुब्बाले निर्देशन गरेको २३ औं चलचित्र हो ।
चलचित्र ‘जम्प’मा सरोज श्रेष्ठ, बिनिता थापामगर, सन्देश शाक्य, सगुन तामाङ, मन्जिल जिसी, शंकर महर्जन, एन्जेलिका खत्री, अरोष्मा रन्जित, प्रज्वल खँडेल, सुदिप भुषाल, इलिस विष्ट तथा रितेश राजकर्णिकारको अभिनय छ ।
साइको थ्रिलर चलचित्र नयाँ जनरामा निर्माण भएकाले पुराना चलचित्रको स्वाद लिइरहेको दर्शकको आँखा नपर्ने अनुमान छ । हलिउड चलचित्र हेर्ने बानी परेका नयाँ दर्शकले चलचित्र हेर्न हलसम्म जाने सक्ने चलचित्र विश्लेशकको अनुमान छ ।
चलचित्र हेर्न १६ बर्षमा मुनिका दर्शकलाई एक्लै हलमा जान सेन्सर बोर्डल अनुमतीइ दिएको छैन ।
चलचित्र जम्पको प्रसार प्रसार फितलो देखिन्छ । चलचित्र दर्शकले मन पराएर माउथ पव्लिसिटीको साहाराले चल्न सक्ने अनुमान गर्न सकिन्छ । चलचित्रको टेलरको टुट्युव दर्शक पनि निराशाजनक रहेको पाइएको छ । अहिलेसम्म युट्युवमा एक महिना अघिको दर्शक संख्या ४४ हजार १२० (समाचार तयारपार्दाको बखत) रहेको छ । चलचित्रलाई मल्टिप्लेक्स र केही सिंगल थियटर शो दिएका छन् ।
चलचित्र ‘दुई कदम’मा निर्देशक उदय सुव्वाले नयाँ र कलिला उमेरका इओन लिम्बु र सिमोन गिरीलाई अभिनेता र अभिनेत्री लिएर चलचित्र बनाएका छन् ।
चलचित्रमा डेव्यु अभिनेता इओन लिम्बुकी आमा तारादेवी लिम्बूले लगानी गरेकी छिन् । चलचित्र अध्ययनसँगै थियटर अभिनयको अनुभव बटुलेका कलाकार इओनलाई नायक बनाउनकै लागि उनकी आमाले लगानी गरेकी हुन् ।
प्रेम कथामा आधारित यस चलचित्रमा सुनील थापा, गौरव पहारीले अभिनय गरेका छन् ।
चलचित्र दुई कदमको टेलर ९ दिनमा २ लाख १८ हजार ८ सय दर्शकले हेरेका छन् । चलचित्रको गीतले पनि युट्युवमा ठिकै दर्शक कमाएको छ ।
यस चलचित्रले पनि खासै प्रचार गरेको छैन । नयाँ कलाकार भएकाले हलसम्म दर्शक आइहाल्ने अवस्था पनि देखिदैन । बजारमा हल्ला खल्ला नगर्ने चलचित्र पछिल्लो समय हलमा एक दुई दिन टिक्छन् । हल खाली भएपछि उत्रन्छन् ।
अजम्बरी फिल्मसको ब्यानरमा बनेको चलचित्रमा दयाराम घिमिरेको पटकथा, विक्रम डिसीको छायांकन, ताराप्रकाश लिम्बू र विकास चौधरीको संगीत, राजु किरातीको द्वन्द्व निर्देशन छ ।
यस चलचित्र सेन्सर बोर्डले पिजी सर्टिफिकेट दिएको छ ।
प्रतिक्रिया