११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


नैकाप ओरालोमा ट्रकले मोटरसाइकले ठक्कर दिएपछि एकजनाको मृत्यु, दुई घाइते



२९ मंसिर । काठमाडौंको नैकाप ओरालोमा ट्रकले मोटरसाइकले ठक्कर दिदा एकजनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।

प्रहरीका अनुसार काठमाडौंको चन्द्रागिरी नगरपालिका १४ नैकाप ओरालोमा ना.६ ख १९१६ नम्बरको ट्रकले बा.प्र ०२–०३० प ३०३६ नम्बरको मोटरसाइकललाई शुक्रबार बिहान ठक्कर दिएको थियो दुर्घटनामा मोटरसाइकलमा सवार धादिङ गल्छी गाउँपालिका ७ घर भई चन्द्रागिरी नगरपालिका ९ बस्ने ३ वर्षीय रियान्स सुबेदीको मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार चालकसमेत २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरुको नाम प्रहरीले खुलाएको छैन भने ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  १२ : ४३ बजे