२९ मंसिर । १८ बर्षपछि टेलिचलचित्र ’सिन्दुर’ पुनः निर्माण गर्ने भएकी छिन् ।
कलाकार तथा निर्मात्री प्रज्ञा जोशीले शुक्रबार भद्रकाली मन्दिरमा १७ बर्ष अगाडि निर्माण भएको टेलिसिरियललाई पुनः निर्माणको क्रममा शुभ मुहूर्त गर्दै औपचारिक रुपमा सिन्दुरको पुनःनिर्माण घोषणा गरेकी हुन् ।
यस टेलिचलचित्रमा नयाँ कलाकारलाई लिएर काम गर्न लागेका उनको भनाई छ । उनले सिरियल उत्तिकै सान्र्दभिक रहेकाले उत्कृष्ट बनाउने कोशिस गर्ने दाबी निर्मात्री जोशीको छ ।
टेलिसिरियलमा नविन श्रेष्ठ, प्रज्ञा जोशी, लक्ष्मी भुषाल, प्रदीपराज गिरी, अश्मी थापा, दीपेनद्र सोनाम, स्नेहा पौडेल, पूर्णिमा जिएम, टेकेन्द्र न्यौपाने, पवन केसी लगायतका को अभिनय हेर्न पाइने भएको छ ।
शुभ मुहूर्तमा कार्यक्रममा कलाकार रविन्द्र खड्का, निर्देशक समाजमा अध्यक्ष जनकदीप पराजुली, निर्देशक घनश्याम लामिछाने, ऋषि लामिछाने र लेखक प्रदीप भारद्वाज उपस्थित थिए ।
यो सिरियलमा विनय राज पौडेलको लेखन तथा निर्देशन हुन लागको हो ।
प्रतिक्रिया