११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


बन्यो चाँंगुनारायण नगरपालिकाको नयाँ भवन



भक्तपुर
३० मङ्सिर । चाँंगुनारायण नगरपालिकाको नयाँ भवन निर्माणसँगै शुक्रबारदेखि सञ्चालनमा आएको छ ।
नगरप्रमुख जीवन खत्रीले नगरपालिकाको सुविधासम्पन्न भवनको उद्घाटन गरेका छन् । चाँंगुनारायण नगरपालिका ५ छालिङ्ङमा २१ रोपनी तीन आना क्षेत्रफलमा रु ३२ करोड ७३ लाख ७७ हजार आठ सय १९ मा निर्माण भएको होे ।

त्यस अवसरमा नगरको विकासमा विभेद नगरी काम गर्ने प्रतिबद्धता जनाउँदै नगरप्रमुख खत्रीले नयाँ भवनबाट नगरवासीलाई सेवा प्रवाह गर्न सहज हुने आश्वासन दिएका छन् ।

नयाँ भवन निर्माणका लागि जिल्ला समन्वय समिति भक्तपुरले रु तीन करोड, केन्द्र सरकारबाट रु सात करोड ५० लाख प्राप्त भएको र बाँकी रकम नगरपालिकाको आन्तरिक स्रोतबाट व्यवस्थापन गरिएको थियो ।

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  १ : ५८ बजे