४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेता पल शाहको मुद्दा फेरि बल्झियो, दोहोर्याएर हेर्न सर्बोच्चको अनुमती



काठमाडौँ
३० मंसिर । नेपाली चलचित्रमा भट्टाभट अभिनय सुरु गरेपछि अभिनेता पल शाहको मुद्दा फेरि व्युताइएको छ ।

प्रमाणको समुचित मूल्यांकन नगरी उच्च अदालत पोखराले गत वर्षको फागुन ११ मा फैसला गरेको भन्दै अभिनेता पल शाहविरुद्धको फैसला दोहोर्याउन निस्सा प्रदान गरेको हो ।

सर्वोच्चका न्यायाधीशद्वय शुष्मालता माथेमा र हरिप्रसाद फुयालको संयुक्त इजलासले मुद्दा दाहो¥याएर हेर्न अनुमति दिएका हुन् ।

सर्वोच्चले पीडितको बकपत्र र प्रतिवादीको बयान तथा शारिरीक परीक्षण प्रतिवेदन तथा चिकित्सकको बकपत्र, पीडित र प्रतिवादीबीचको अडियो रकर्ड र त्यसको प्रतिवादीबाट अदालतको बयानमा रहेको स्वीकारोक्ति समेत रहेको उल्येख गरेको छ ।
उच्च अदालतका तत्कालीन कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले केही महिनाअघि अभिनेता पल शाहलाई सफाइ दिएको थियो ।

अभिनेता शाहले बलात्कार गरेको भन्दै एक नाबालिगले २०७८ फागुन ११ गते तनहुँमा र फागुन १५ गते नवलपुर प्रहरीमा जाहेरी दिएकी थिइन् ।
अभिनेता शाह पछिल्लो समय चलचित्र मायावी र मायाँको रंगहरु म अनुबन्धित भएका थिए भने निरन्तर म्युजिक भिडियोमा व्यस्त थिए ।

 

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  ४ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।