ललितखबर
१ पुस । नेपाली कला क्षेत्रका सफल जोडी सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले सामाजिक सञ्जालमा आँखु खसाल्दै आफूहरुले चितवनमा निर्माणाधिन रंगशाला निर्माण गर्ने क्रममा कुनै गलत काम नगरेको बताएका छन् ।
भिडियोमा कुञ्जनाले पटक पटक आँसु झारेर बोलेकी छिन् भने सिताराम गहभरि आँसु पारेका छन् ।
उनीहरुले निर्माणाधिन रंगशालाको काम अघि नबढ्दा आफूहरु कलाकारिता क्षेत्रमा अघि बढ्न नपाएको बताएका हुन् ।
धुर्मुस सुन्तलीले सामाजिक सञ्जालमार्फत चितवनमा निर्माणाधिन रंगशाला निर्माणको क्रममा भएको झमेलाको विषयमा मुख खोलेका हुन् । प्रशारण भएको भिडियोमा कुञ्जनाले भनेकी छिन्, ‘हाम्रो कथा व्यथा सुन्नुभो भने छाँगाबाट खसेको जस्तो हुनेछ । हामीलाई यो देशले यसरी मारेको छ कि नेपालीहरु हाम्रो व्यथा सुने नेपाल बस्ने अवस्था हुँदैन ।’ आफूहरु ठूलो दलदलमा फसेको बताउदै धुर्मुस सुन्तदीको परिवारलाई फसाउन र दबाउन खोजिएको बताएकी छिन् ।
आफूहरु दुई पैसा आम्दानी नहुँदा कसरी चलिरहेका छौं भन्ने कुरा सार्वजनिक गर्ने कुञ्जनाको भनाई छ । कुञ्जनाले आफूहरु पछिल्लो समय गम्भिर संकटमा रहेको उल्येख गर्दै छोरीलाई दिदीसँग राखेर पढाएको बताएकी छिन् ।
रंगशाला निर्माण गर्न आँट गरेको रहस्यका बारेमा उनले उल्येख गरेकी छिन् । उनले धुर्मुसजस्तो मान्छे देशले गुमाएको खण्डमा सतीले सरापेको देश रहेको पुष्टि हुने बताउकी छिन् । रंगशाला निर्माणको काम सुरु नभएसम्म आफु चार कोठाभित्रको जेलमा बसेको बताएकी छिन् ।
कुञ्जना घिमिरेले आफूले छोरीलाई आफूसँग गल्ती नगरेको बताएकी छिन् ।
कुञ्जनाले आफुहरुले गरेको भए सजाय भइसक्ने बताएकी छिन् । आफूहरुलाई पागल बनाएर मात्रै राज्य फूलमाला लगाउन आएको तयारीमा रहेको उनको भनाई छ । आफूहरुलाई तीन बर्षसम्म आफुहरुलाई झुलाएको उनको भनाई छ ।
रंगशालाको जग्गा धुर्मुस सुन्तलीले दुरुपयोग लान्छना लगाइएको दबाव दिएर मनस्थिती कमजोर बनाएको उनको भनाई छ ।
भिडियोमा छोरी सुविहानी समेत बोलेकी छिन् । उनले आफ्ना बाबाआमालाई बलियो बन्न आग्रह गरेको सुन्न सकिन्छ ।
सिताराम कट्टेलले नराम्रो गर्ने उद्देश्यले कुनै काम नगरेको भनाई राखेका छन् ।
हेर्नुस भिडियो :
प्रतिक्रिया