२ माघ २०८१, बुधबार | Thu Jan 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पेप्सीकोलाबाट सालकको खपटा बेच्न लागेका तीन जना पक्राउ



१ पुस । काठमाडौंमा दुर्लभ वन्यजन्तु सालकको कपटा बेच्न लागेका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दोलखाको गौरीशंकर गाएँपालिका–१ की २० वर्षीया अमृत लामा, दोलखाको जिरी नगरपालिका–३ का २५ वर्षीय विशाल बस्नेत र सोही नगरपालिका–४ का २७ वर्षीय सुकविर तामाङ रहेका छन्।
काठमाडौं महानगरपालिका–३२ पेप्सीकोलामा दुर्लभ वन्यजन्तु सालकको खपटा बेचबिखन गर्न हिँडिरहेका छन् भन्ने गोप्य सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटि गएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो।

उनीहरुको साथबाट ४४ ईन्च लम्बाई, २१ ईन्च चौडाई रहेको खुट्टाको नंग्रा सहितको सालकको खपटा/छाला जस्तो देखिने वस्तु बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय हात्तिसार पठाइएको छ।

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  ३ : ५७ बजे