२३ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंमा एकै दिन चार जना मृत अवस्थामा फेला



१ पुस । काठमाडौंका विभिन्न स्थानमा आइतबार चार शव फेला परेका छन्। प्रहरीका अनुसार काठमाडौं महानगपालिका–३२ कोटेश्‍वर खरिबोट डेरा गरी बस्ने दोलखा बिगु गाउँपालिकाका ६० वर्षीय कुमार बहादुर खड्का आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन्।
यसैगरी काठमाडौं थापाथली चोकमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुषको शव भेटिएको छ।
यता, बूढानीलकण्ठ नगरपालिका–४ भसन्थली लिपिकोटस्थित नालामा ४३ वर्षीय रमेश कार्की नाम गरेका व्यक्तिको शव भेटिएको छ। यस्तै, काठमाडौं कलंकीस्थित बज्रबाराही ढुवानी सेवा डिपोमा अन्दाजी ७ महिनाको सालनालसहितको नवजात शिशु मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  ३ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।