२ माघ २०८१, बुधबार | Thu Jan 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


त्रिविको दिक्षान्तले उपत्यकाकाे ट्राफिक व्यवस्थापन अस्तव्यस्त



२ मंसिर । त्रिभुवन विश्वविद्यालयको दिक्षान्त समारोहका कारण काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ। सोमबारबिहानैबाट उपत्यकाका मुख्य सडकहरुमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको हो।

त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोह त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा अहिले सुरु हुदैछ। समारोहमा सहभागी हुन आएका विद्यार्थी र अभिभावकका कारण बिहानैबाट यस भेगमा भिडभाड बढेको छ।

त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोह आज हुँदै छ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बिहान ११ बजेदेखि उक्त समारोह सुरु हुनेछ।

समारोहको सबै तयारी पूरा भइसकेको त्रिविका सूचना अधिकारी योगेन्द्र ढकालले जानकारी दिए। समारोहमा प्रमुख अतिथिका रूपमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनुहुने उनले बताए। यस्तै त्रिविका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल पनि सहभागी हुनेछन्।

समारोहको सबै तयारी पूरा भइसकेको त्रिविका सूचना अधिकारी योगेन्द्र ढकालले जानकारी दिए। समारोहमा प्रमुख अतिथिका रूपमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनुहुने उनले बताए। यस्तै त्रिविका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागी हुनेछन्।

काठमाडौं उपत्यका ट्राफिक कार्यालयका अनुसार ट्राफिक जाम हुनुको प्रमुख कारण त्रिभुवन विश्वविद्यालयले आयोजिना गरेको दिक्षान्त समारोह भएको जनाएको छ।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ७ : ०२ बजे