११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


‘काठमाडौं उपत्यकामा अहिले खाल्डाखुल्डी छैनन्’



२ पुस । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले काठमाडौं उपत्यका अहिले खाल्डाखुल्डीरहित बनेको बताएका छन्। सोमबार ललितपुर महानगरपालिकाको १०५ औं स्थापना दिवसको अवसरमा महानगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका कुनैपनि सडकमा अहिले खाल्डाखुल्डी नदेखिने बताए। तीन तहकै सकारले एकआपसमा समन्वय, सहकार्य र सहअस्तित्व गरेर अघि बढ्ने हो भने विकास निर्माणको पूर्वाधारको क्षेत्रमा धेरै अघि बढ्न सकिने उनकाे भनाइ छ।

उनले तीन तहका सरकारको बीचमा राम्रो समन्वय, सहकार्य हुन आवश्यक रहेको र सरकार त्यसका लागि तयार रहेको बताए।
मन्त्री ज्वालाले भने, ‘तीन तहकै सकारले एकआपसमा समन्वय, सहकार्य र सहअस्तित्व गरेर अघि बढ्ने हो भने विकास निर्माणको पूर्वाधारको क्षेत्रमा, कृषिको क्षेत्रमा, खानेपानी, फोहोर व्यवस्थापनको क्षेत्रमा, खोलाको समस्याको समाधानको क्षेत्रमा समस्या समाधान गर्न सकिन्छ। तीन तहका सरकारको बीचमा राम्रो समन्वय, सहकार्य हुनुपर्छ। त्यसका लागि नेपाल सरकार तयार छ। काठमाडौं उपत्यका अहिले खाल्डाखुल्डीरहित बनेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका कुनैपनि सडकमा अहिले खाल्डा देख्न सक्नुहुन्न।’

उनले काठमाडौं उपत्यकालाई धुलोरहित बनाउने, यातायात व्यवस्थालाई सुगम, भरपर्दो र सुरक्षित बनउने कुरामा आफू सहकार्य गर्न तयार रहेको पनि बताए।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ९ : १७ बजे