११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


सानोभर्‍याङमा मोटरसाइकलको ठक्करपछि पैदल यात्रीको मृत्यु, एक घाइते



२ पुस । काठमाडौंको सानोभ¥याङमा एक मोटरसाइकलको ठक्करपछि पैदल यात्रीको मृत्यु भएको छ भने मोटरसाइकलमा सवार एक जना घाइते भएका छन् ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका १५ सानोभ¥याङमा बागमती प्रदेश ०२–०१७ प ६६५० नम्बरको मोटरसाइकलको ठककरबाट पैदलयात्री हाल वतन नखुलेका करिब ३५ वर्षिय बिकाश तामाङको सोमबार बिहान मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार अन्य १ जनाको मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।
मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएर कानूनी कारवाही सुरु गरेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  २ : ३७ बजे