३ मंसिर । एनसेलको सेयर खरिदबिक्रीविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले एनसेलको सेयर खरिदबिक्री भएको विषयमा स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले दायर गरेको रिटमा विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।
यसैबीच अदालतले पुस १६ गते दुवै पक्षलाई छलफलमा बोलाएको छ । लामो समयदेखि हेर्न नभ्याउनेमा परेको सिंहको रिट मंगलबार भने सुनुवाइ भएको हो । यसअघि मङ्सिर २४ गतेदेखि लगातार हेर्न नभ्याइनेमा परेको सिंहको रिट मङ्सिर पुस १ गते भने रिट निवेदककै कानुन व्यवसायीले स्थगित गराएका थिए ।







प्रतिक्रिया