९ चैत्र २०८२, सोमबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


विमानस्थलबाट बाहिरिएको भन्सार छलीका मोबाइल डिस्प्ले बरामद



३ मंसिर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको बिलबिजक तथा प्रज्ञापनपत्र नभएका विभिन्न किसिमका मोबाइलका डिस्प्लेहरू सशस्त्र प्रहरीले बरामद गरेको छ।
सशस्त्रले सोमबार साँझ सुपर काइनेटिक एसकेसी कुरियरले यती एयरको उडानद्वारा नेपालगन्जबाट काठमाडौं पठाएको १२ वटा कार्टुनमा रहेको १४ सय थान विभिन्न मोबाइलका डिस्प्ले बरामद गरेको हो।
सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्युरोबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएको टोलीको विशेष सूचनाको आधारमा बरामद गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

उक्त सामान जय माँ दुर्गा इम्पेक्स काठमाडौंको नाममा ६ कार्टुन र न्यौपाने ट्रेडर्सको नाममा ६ कार्टुन गरी १२ कार्टुन रहेको थियो।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  १२ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।