२६ माघ २०८२, आइतबार | Mon Feb 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


समावेशीतामाथि बहस : मध्यमवर्गले अरक्षण लिएर निम्नवर्गको स्थान ओगटेको आरोप



काठमाडौ
३ पुस । मध्यमवर्गले अरक्षण लिएर निम्नवर्गको स्थान ओगटेको सरोकारवालाहरुले आरोप लगाएका छन् ।
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) सङ्घीय समितिद्वारा आज आयोजित अन्तक्र्रियाका जेबी विश्वकर्माले समावेशी आयोगमा तरमारा मध्यम वर्गले अरक्षण लिएर निम्न वर्गको स्थान ओगटेको आरोप लगाए ।

एउटै व्यक्तिलाई पटक पटक समावेशीताको आरक्षणमा अवसर दिन नहुने सरोकारवालाहरुले बताएका छन् । वक्ताहरूले आरक्षणमा फरक फरक व्यक्तिलाई अवसर दिनुपर्ने बताएका हुन् ।

राष्ट्रिय समावेशी आयोगका सदस्य हरिदत्त जोशीले धेरै पटक समावेशीताको प्रयोग गर्दा अवसर पाउनुपर्ने व्यक्ति वञ्चित हुनुपरेको बताए । उनले लोकसेवा आयोगका विज्ञापन, शिक्षक सेवा आयोग, निर्वाचनमा समानुपातिक प्रतिनिधित्वजस्ता क्षेत्रमा एउटै व्यक्ति समावेशीताको अवसरको दुरुपयोग गरेको बताए ।

राष्ट्रिय मुस्लिम आयोगका सदस्य मिर्जाअरशद बेगले मुस्लिम महिलालाई आयोगको सदस्यमा नियुक्ति गर्नुपर्ने बताए । दलित आयोगका सदस्य मेहेल पार्कीले आरक्षण हटाउनु भनेको पिछडिएका वर्गलाई झन् पछि पार्ने खेल भइरहेको बताए ।

टिप्पणीकर्ता सालिक सुवेदीले समावेशीतामा खस आर्यले आरक्षणको दुरुपयोग गरेको बताए । प्रतिनिधिसभामा खस आर्य समुदायले आरक्षणको दुरुपयोग गरेको बताए ।
कैलाश राईले कार्यपत्र प्रस्तुत गर्दै अब आउने निर्वाचनमा समतामूलक सामाजिक न्यायको प्रत्याभूतिको यात्रामा एक साझा र आधारभूत राजनीतिक औजार रुपमा बहस हुन जरुरी रहेको बताए ।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  ३ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।