२७ पुस २०८१, शनिबार | Sat Jan 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सरकारले तोक्यो उखुको न्यूनतम खरिद मूल्य



४ पुस । सरकारले उखु किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिने भएको छ । सिंहदरबारमा रहेको नयाँ कक्षमा आज बुधवार बसेको मन्त्रिपरिषद् बैठकले अनुदान रकमसँगै उखुको न्यूनतम खरिद मूल्य तोकेको सरकारकी प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिएकी छन् ।
सरकारले उखुको प्रतिक्विन्टल पाँच सय ६५ रुपैयाँ मूल्य तोकेको छ । पाँच सय ६५ रुपैयाँ न्यनूतम खरिद मूल्य र ७० रुपैयाँ अनुदान रकम गरी किसानले प्रतिक्विन्टल छ सय ३५ रुपैयाँ उखुको मूल्य प्राप्त गर्नेछन् ।
आजको बैठकमा सरकारको एक वर्षको सामान्य समीक्षासमेत भएको छ । त्यसमा मुख्य सचिव वैकुण्ठ अर्यालले काम गर्ने क्रममा विद्यमान ऐन, नियमावली तथा कानुनका कारणले झेल्नुपर्ने समस्याबारे ब्रिफिङ गरेका थिए ।

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  ८ : १० बजे