बारा
४ पुस । बाराको निजगढ नगरपालिकास्थित भमरामा आज दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
रौतहटबाट निजगढतर्फ आउँदै गरेको बा९७प ९४४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट रौतहट जाँदै गरेको प्रदेश १–०५ ००१ प ५४९७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।
बा९७प ९४४ नम्बरका मोटरसाइकल चालक बाग्मती ३ का ३१ वर्षीय बुद्धिबहादुर बल र प्रदेश १–०५ ००१प ५४९७ नम्बरका मोटरसाइकल चालक उदयपुर कटारी २ का ३४ वर्षीय चन्द्रदीप लामाको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता दधीराम न्यौपानेले जानकारी दिनुभयो ।








प्रतिक्रिया