६ पुस । गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीमा ना.६ ख ७२८३ नम्बरको ट्रक र बा.५ ख २०० नम्बरको बसको बिचमा प्रदेश ३–०२–०१२ प ७३१७ नम्बरको मोटरसाइकल च्यापिएर बिहीबार दिउँसो दुर्घटना भएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँ बस्ने भोजपुर टक्सार नगरपालिका–३ घर भएका ६३ वर्षीय निर्मल कुमार श्रेष्ठको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको शंखरापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक र बसका दुवै जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया