६ पुस । चलचित्र क्षेत्रका ८ संस्थाले प्रस्तावित चलचित्र विधेयकमा विकास बोर्ड स्वायत्तताको प्रावधान राख्नुपर्नेसहितका सुझाव पेश गरेका छन् ।
शुक्रबार बोर्ड अध्यक्ष भुवन केसीलाई उनीहरुले सुझाव पेश गरे । पत्रमा बोर्डलाई स्वायत्तता दिनुपर्ने मुख्य सुझाव उल्लेख छ । बोर्डमा राजनीतिक हस्तक्षेप रोक्न चलचित्र सम्बद्ध संस्थाको सिफारिसमा पदाधिकारी नियुक्ति गर्नुपर्ने र संस्थागत निर्णयलाई स्वीकार्नुपर्ने पनि उल्लेख छ ।
उनीहरुले सेन्सर बोर्डलाई चलचित्र विकास बोर्डको मातहतमा ल्याउनुपर्ने सुझाव पनि दिएका छन् । बोर्ड अध्यक्षको नियुक्तिमा मापदण्ड तोक्न पनि उनीहरुको सुझाव छ ।
प्रतिक्रिया