ललितखबर
७ पुस । केही समयअघि सरकारले टिकटक बन्द गरिदिएपछि आजकल टिकटकर फुर्सदमा छन् । टिकटक खिच्ने दिनभर लाइभ बसेर डलर कमाउने बन्द भयो ।
सामाजिक सञ्जालमा जहाँ त्यही देखिने टिकटकर अव चलचित्रको ठूलो पर्दामा प्रवेश गर्न थालेका छन् ।
सबिनकुमार तेलाङ्गीको डेब्यू निर्देशनमा बन्ने चलचित्र ‘राजमहल’ बाट डोटेली भाषामा टकटक बनाएर भाइरल बनेकी कलाकार मिस पवी र अर्की टिकटकर सिम्रन पन्त डेव्यु गर्दैछन् ।
पवित्रा साकी अर्थात मिस पवी चलचित्र क्षेत्रमा प्रवेशले ज्यादै खुशी बनेको बताउछिन् । भन्छिन्, ‘म धेरै उत्साहित संगै नर्भस छु । म्युजिक भिडियो खेल्दा पनि धेरै डर लागेको थियो । कसरी अभिनय गर्ने भनेर ।’
उनी आँचल शर्मालगायत कलाकारहरुको अभिनय हेरे आफू सँधै पछ्याउने गरेको बताउछिन् ।
अर्की टिकटकर सिम्रन पन्त आफ्ना लागि टिकटक एउटा माध्यम मात्रै भएको तर्क गर्दै कला क्षेत्रमा काम गर्न कला हुनु पर्ने जिकिर गर्छिन् । आफूले भारतको मुम्बाईमा बसेर अभिनय र नृत्यलगायतको तयारी गरिरहेको बताउछन् । आफूले कला क्षेत्रमा प्रवेश गर्न धेरै सिकेर आएको बताउछिन् ।
प्रतिक्रिया