११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


सुन्दरीजलमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु



७ पुस । काठमाडौंको सुन्दरीजलमा बसको ठक्करपछि पैदलयात्रीको मृत्यु भएको छ ।
प्रहरीका अनुसार गोकर्णेश्वर नगरपालिका १ सुन्दरीजलस्थित बसपार्कमा बा.२ ख २२८४ नम्बरको बसको ठक्करबाट पैदलयात्री मकवानपुर भिमफेदी गाउँपालिका ६ घर भई हाल काठमाडौं सुन्दरीजल बस्ने २५ वर्षीय सरोज बिकको शनिबार बिहान मृत्यु भएको छ ।
बसको ठक्करपछि गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार लागि लगिएको थियो । उनको क्रममा मृत्यु भएको थियो ।
घटनापछि बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  २ : ३० बजे