२१ माघ २०८२, मंगलबार | Wed Feb 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


बागमती प्रदेशमा घट्यो धान उत्पादन



८ पुस । बागमती प्रदेशमा यस वर्ष धान उत्पादन घटेको छ। गत बर्षको तुलनामा बागमती प्रदेशमा यस वर्ष झण्डै एक लाख मेक्ट्रिकटन धान उत्पादन घटेको हो। यस बर्ष बागमती प्रदेशमा ४ लाख २३ हजार ५ सय ८५ मेक्ट्रिकटन मात्रै धान उत्पादन भएको प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।

गत वर्ष बागमतीमा उत्पादन १.४५ प्रतिशतले घटेर ५ लाख ४ सय ४६ मेट्रिकटन धान फलेको थियो। हरेक वर्षका तथ्यांक हेर्दा बागमतीमा धान उत्पादनमा निरन्तर ह्रास आएको देखिन्छ।

यस बर्ष बागमती प्रदेशका १३ जिल्लामा गरेर कुल १ लाख ५ हजार १ सय ७४ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको थियो। चितवनमा २० हजार ८१२ हेक्टर क्षेत्रफलमा रोपाइँ भएकोमा ८१ हजार १६६ मेक्ट्रिकटन धान उत्पादन भएको कृषि मन्त्रालय बागमती प्रदेशका सूचना अधिकृत अनुप अधिकारीले जानकारी दिए।

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  ४ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।