४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


एलिना चौहान र बसन्त थापाको नयाँ गीत सार्वजनिक(भिडियोसहित)



९ पुस । गायिका एलिना चौहान र बसन्त थापाको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । आइतवार सुन्दर हमाल युट्युब च्यानलमार्फत ’सुन ठिटा हो’ बोलको गीत सार्वजनिक गरिएको हो। गीतको भिडिओमा सुनिल क्षेत्री र कविता नेपालको नृत्य छ ।
ठुली परि भिर गीतको लोकप्रियता सगैं चर्चामा आएका सर्जक सुन्दर हमालको शब्द तथा बसन्त थापाको संगीत रहेको गीतमा कृष्ण विक ले संगीत संयोजन गरेका हुन्।

सुनिल भण्डारीको छायांकन गरेको गीतको भिडिओलाई अमृत चापागाईँले सम्पादन गरेका छन्। गीतलाई सुनिल क्षेत्रीले कोरियोग्राफी र निर्देशन गरेका हुन् । गीतको भिडियोलाई टंक कार्की छिमेकीले लगानी गरेका हुन् ।

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  २ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।