१२ मंसिर २०८१, बुधबार | Thu Nov 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेत्री मलिका महत रंगमञ्चमा नाटक ‘पगला घोडा’बाट डेव्यु गर्दै, एउटै नाटकमा चार भूमिका



ललितखबर
९ पुस । नेपाली मनोरञ्जन क्षेत्रको पुरानो विद्या धेरै समयपछि मात्रै व्यावसायिक यात्रा सुरु ग¥यो । लामो समयसम्म चलचित्रको पर्दामा चलचित्र चिहाउन बानी परेका नेपाली दर्शकले ७० को दशकबाट नाटकघर पुगेर रंगमञ्चमा रमाउने बानी पारे ।
रंगमञ्चमा लामो समयसम्म अभिनय गरेका कलाकारहरु दयाहाङ राई, निश्चल बस्नेत,सौगात मल्ललगायत चलचित्र क्षेत्रमा एक पछि हिट चलचित्र दिइरहेको सन्दर्भमा नाटकको महत्व बुझेर रंगमञ्च धाउने अभिनेता अभिनेत्रीहरुको एक पछि अर्को लहर देखिएको छ ।
पछिल्लो समय केकी अधिकारी, शिल्पा मास्केपछि अभिनेत्री मलिका महत पनि रंगमञ्चमा नाटक मञ्चन गर्न पुगेकी छिन् ।
त्यसो त केही बर्ष अघि महानायक राजेश हमालले पनि नाटक ‘कोर्ट मार्सल’मा अभिनय गरेका थिए ।


आगामी पुस १३ गतेबाट मण्डला थियटर थापागाँउमा मञ्चन हुने पग्ले नाटक ‘पगला घोडा’मार्फत अभिनेत्री महत रंगमञ्चमा प्रवेश गरेकी हुने । रंगमञ्चमा आफूले अनुभव पहिले नै लिएको भए पनि आफूले व्यावसायिक रुपमै नाटक खेलेको यो नै पहिलो भएको बताएकी छिन् ।
नाटक पगला घोडामा एकै पटक चार भूमिकामा देखिदा आफू थकित बनेको बताउछन् । राजधानीमा सोमबार पत्रकारसँग गफिदै महतले रंगमञ्चमा अभिनय गर्ने प्रकृया नै फरक रहेको चाल पाएको प्रतिकृया दिइन् ।
उनले भनिन् ‘अभिनय नै गर्ने हो जस्तो लागेको थियो तर धेरै फरक हुने रहेछ ।’ उनी एउटा चरित्रपछि फेरि अर्को चरित्रमा अभिनय गरेर रंगमञ्चमा आफूले जोखिम उठाएको अनुभव बाँडिन् ।

मानसिक स्वास्थ्यको विषयमा तयार नाटक पग्ले घोटो नाटकमा मलिकासहित आशान्त शर्मा, प्रमोद अग्रहरि, विजय ताम्राकार र विम्वले अभिनय गर्ने भएका छन् ।

भर्खरै चलचित्र सतिदेविको छायाँकन सकाएकी अभिनेत्री महत चलचित्र पानी फोटो,यात्रालगायत चलचित्रमा अभिनय गरेकी छिन् । उनका धेरै म्युजिक भिडियोहरु युट्युवसँगै संचारमाध्यमहरुमा प्रशारण भइसकेका छन् ।

 

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  ३ : ४८ बजे