३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


श्रीमतीलाई बिजुलीको पोलमा बाँधेर तीन दिनसम्म कुटेका श्रीमान पक्राउ



१० पुस । श्रीमतीलाई बिजुलीको पोलमा बाँधेर तीन दिनसम्म कुटपिट गरेका सन्तोष थापासहित सातजनालाई प्रहरीले पक्राउ गरेको छ ।

सिन्धुलीको कमलामाई नगरपालिका– ४ ढकाल गाउँकी शारदा थापालाई बिजुलीको पोलमा बाँधेर अमानवीय तरिकाले कुटपिट गर्ने श्रीमान सन्तोषसहित ७ जनलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार लेनदेनको विषयमा विवाद हुँदा श्रीमान् सन्तोष थापाले श्रीमती शारदालाई कुटपिट गरेका हुन् । आइतबार अपराह्न साढे ४ बजे प्रहरी घटनास्थलमा पुगेर प्रहरीले शारदाको उद्धार गरेको थियो। कुटपिटबाट शारदाको शरीरमा निलडाम भएका छन् ।

शारदा आफ्ना छोरासँग काठमाडौंमै बस्दै आएकी थिइन्। उनले श्रीमान सन्तोषसँग डिभोर्स गर्ने तयारी गरिरहेकी थिइन्।

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  ८ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।