१० पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यसम्पादनमा कमजोर भएका मन्त्रीहरुलाई राखिराख्न नसक्ने चेतावनी दिएका छन् । आफ्नो नेतृत्वमा सरकार गठन गरेको एक वर्ष पुरा भएको अबसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।
‘म आज जनतालाई साँची राखेर माननीय मन्त्रीज्युहरुलाई पनि भन्न चाहान्छु–हामीलाई असफल हुने छुट छँदै छैन,’ प्रधानमन्त्रीको भनाइ थियो, ‘कार्य सम्पादन कमजोर भएको अबस्थामा म माफ गर्ने अवस्थामा छैन । हामी सबै आआफ्नै भूमिकामाथि न्याय गर्नुपर्ने नैतिक दवावमा छौं । कार्यक्षमता प्रमाणित गरेनौं भने अब कसैले पनि ठाउँ ओगटीराख्नु हुँदैन, छाडी दिनुपर्दछ ।’
देशमा सकरात्मक परिवर्तन र आसा जगाउन नसके आफू पनि पदमा नबस्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘यो मैले अरुलाई दिएको उपदेश मात्रै होइन, आफैसँग गरेको वाचा पनि हो । देशमा सकरात्मक परिवर्तन र आसा जगाउन नसके मैले पनि पद ओगटीरहनु जरुरी छैन् ।’








प्रतिक्रिया