११ पुस । सहकारी रजिष्ट्रारको कार्यालय पोखरामा रजिष्ट्रार हुँदा एक करोड २० लाख रूपैयाँ घुस लिएको आरोपमा हाल पर्वतको कुश्मा नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली पक्राउ परेका छन् । उनलाई बुधबार कार्यकक्षबाटै पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
मित्र मिलन सहकारीका अध्यक्ष रमण पौडेल र प्रवन्धक किरण अधिकारीको बयानका आधारमा उनको नाममा पुस ५ गते पक्राउ पुर्जी जारी भएको थियो । उनीहरुले स्याङ्जामा सहकारीको सेवा केन्द्र विस्तार गर्दा तत्कालीन सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका प्रमुख रजिष्ट्रार पराजुलीलाई १ करोड १५ लाख रूपैयाँ घुस दिएको बताएका थिए ।
प्रतिक्रिया