१ पुस २०८२, मंगलबार | Wed Dec 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


फिल्म हलहरूलाई इजाजत पत्र नवीकरण गर्न चलचित्र विकास बोर्डको निर्देशन



१२ पुस । चलचित्र विकास बोर्डले चलचित्र घर(फिल्महल)हरुलाई इजाजत पत्र नवीकरण गरेर मात्र चलचित्र प्रदर्शन गर्न निर्देशन दिएको छ । आज एक सूचना जारी गर्दै बोर्डले ३५ दिनभित्र इजाजत पत्र नवीकरण गर्न समय सीमा तोकेको हो ।

सूचनामा भनिएको छ, ‘नेपालभर सञ्चालनमा रहेका चलचित्र घरहरूले चलचित्र निर्माण, प्रदर्शन तथा वितरण ऐन, २०२६ र चलचित्र निर्माण, प्रदर्शन तथा वितरण नियमावली, २०५७ बमोजिम चलचित्र विकास बोर्डबाट लिनुपर्ने इजाजत पत्र लिई तथा तोकिएको समयभित्र गर्नुपर्ने नवीकरण गरी गराई अद्यावधिक रहेर मात्र चलचित्र घर सञ्चालन गर्नु गराउनुहुन सम्बन्धित सबैलाई सूचित गरिन्छ ।’

यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्रमा चलचित्र प्रदर्शन ईजाजतपत्र अद्यावधिक रहेको कागजात बोर्ड समक्ष पेश गर्न पनि आग्रह गरिएको छ । बोर्डको आग्रहलाई बेवास्ता गरेका प्रचलित कानुन बमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ ।

 

प्रकाशित मिति : १२ पुस २०८०, बिहिबार  ४ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।