ललितखबर
१२ पुस । छापा तथा विद्युतीय सञ्चारमाध्यमहरुमा विज्ञापन निषेध गरिएको मदिराको विज्ञापनमा अभिनेत्री केकी अधिकारी र अभिनेता प्रदिप खड्काले अभिनय गरेको भिडियो फुटेज सार्वजनिक भएको छ ।
अभिनेत्री केकी र अभिनेता प्रदिपले नेपाल डिस्टिलरीको एरिष्ट्रिोक्ट नामको मदिरा चाख्न अनुरोध गरिरहेको देख्न र सुन्न सकिन्छ । रेडियो र टेलिभिजनजस्ता सञ्चारमाध्यमहरुमा बन्देज लगाइएको भएपनि कानूनले सामाजिक सञ्जालबारे कुनै परिभाषा गरेको छैन । पछिल्लो समय सञ्चारमाध्यमभन्दा सामाजिक सञ्जालमा र बुस्ट गर्दा प्रभावकारी देखिन थालेपछि विज्ञापन व्यावसायीहरु चलाखीपुर्ण तरिकाबाट मदिराको विज्ञापन गर्न सुरु गरेका हुन् ।
विज्ञापन व्यावसायीहरुले केही समयअघि बन्देज लगाइएको भए पनि कोरोना महामारीको मौका छोपेर छापा सञ्चारमाध्यमहरुमा गैरकानूनी विज्ञापन गराएका थिए । नेपाल सरकारले गैरकानतूनी विज्ञापन गरे कारवाही गर्ने धम्की दिएपछि सो विज्ञापन रोकिएको थियो ।
संसारभर प्रख्याती कमाएका कलाकार र अभिनेता अभिनेत्रीहरु विकृती फैलाउने मदिरा र धुम्रपानको विज्ञापन गर्न इन्कार गर्ने गरेका छन् । तर नेपाली कलाकार भने मोटो पारिश्रमिकको लोभमा जे सुकैको विज्ञापन स्वीकार गरिरहेका छन् ।
१२ पुस २०८०, बिहिबार
92
Shares
प्रतिक्रिया