११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भक्तपुरको बालकोटबाट शिशु अपहरण,छत्तीस घण्टापछि सकुशल उद्धार



भक्तपुर
१२ पुस । दुई वर्ष पाँच महिनाकी शिशु आशिका सुनुवार अपहरणमा परेको ३६ घण्टापछि सकुशल अपहरणमुक्त भएकी छन् ।

नेपाल प्रहरीको एक टोलीले आज भक्तपुरको सूर्यविनायक नगरपालिका ३ बालकोट पानीट्याङ्कीबाट उनलाई सकुशल उद्धार गरी अभिभावकको जिम्मा लगाएको छ ।

काठमाडौँ महानगरपालिका ८ गौशालामा चिया पसल सञ्चालन गर्दै आएका शिशुका अभिभावकसँगै रहेकी उनलाई गत मङ्गलबार चिया खान आएका व्यक्तिले लगेको भन्दै प्रहरीमा उजुरी गरेपछि खोजी सुरु भएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौँ र उपत्यका अपराध अनुसन्धान महाशाखाबाट खटिएको प्रहरीको संयुक्त टोलीले आज भक्तपुरबाट बालिकाको उद्धार गरेर अभिभावकलाई बुझाएको हो । बालिका अपहरणको आरोपमा एकजनालाई पक्राउ गरी अनुसन्धान थालिएको छ ।

प्रकाशित मिति : १२ पुस २०८०, बिहिबार  ४ : ३९ बजे