१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ग्वार्कोमा मन्त्रीको गाडी जलाएको आरोपमा ७ जना पक्राउ, ३ जना अस्पताल भर्ना



१३ पुस । ललितपुरको ग्वार्कोमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडी जलाएको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले ७ जनालाई पक्राउ गरेको हो। पक्राउ परेकामध्ये ३ जना घाइते भएकाले अस्पताल भर्ना गरिएको र ४ जनालाई हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको ललितपुरका एसएसपी सिद्धिविक्रम शाहले जानकारी दिए।
गाडीमा आगजनी भएपछि स्थिति नियन्त्रणमा गोली चलाउँदा ३ जना घाइते भएको बताइएको छ।
मन्त्री ज्वालाले प्रयोग गर्ने बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी भएको थियो। रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत् कोरिया जान नपाउने भएका युवाहरुले शुक्रबार मध्याह्न कोटेश्वर–बालकुमारी–सातदोबाटो सडक कब्जा गरी उग्र प्रदर्शन गरेका थिए। सोही क्रममा मन्त्रीको गाडी उक्त स्थानमा पुगेपछि युवाहरुको समूहले जलाएको थियो।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ८ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।