२३ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बालकुमारी घटनामा अनुसन्धानका लागि ७३ जना प्रहरी नियन्त्रणमा



१३ पुस । शुक्रबार बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा भएको आगजनी घटनाको अनुसन्धानका लागि प्रहरीले ७३ जनालाई नियन्त्रणमा लिएको छ।

शुक्रबार बिहान ८ बजेदेखि ललितपुरको बालुकमारी इपीएस कार्यालय अगाडि रोजगार अनुमति प्रणाली परीक्षामा सहभागिताको विषयमा प्रदर्शन गर्न पुगेका युवाहरुले मन्त्री ज्वाला सवार गाडीमा आगजनी गरेका थिए।

उक्त घटना उग्र बनेपछि प्रहरीको कुटपिटबाट एक जना र गोली लागेर एक अर्का गरी दुई जनाको मृत्यु भएको छ। प्रहरीले मन्त्रीको गाडीमा आगजनी भएको घटनाको अनुसन्धानका लागि ७३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जानकारी दिएको छ।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  १ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।