२६ माघ २०८२, आइतबार | Mon Feb 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बालकुमारी घटनाबारे छिटो सत्यतथ्य पत्ता लगाउन प्रधानमन्त्रीले दिए छानबिन समितीलाई निर्देशन



काठमाडौँ
१४ पुस । बालकुमारी घटनाबारे छिटो सत्यतथ्य पत्ता लगाउन प्रधानमन्त्रीले दिए छानबिन समितीलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्री दाहाललाई सुरक्षाप्रमुखहरुले बालकुकमारी घटनाका सम्बन्धमा जानकारी दिएका छन् । घटनाका सम्बन्धमा प्रधानमन्त्री दाहाललाई जानकारी गराउँदै उक्त घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन समितिसमेत गठन गरिएको बताएका थिए ।
प्रधानमन्त्री दाहालले घटना दुःखद् भएको उल्लेख गर्दै छिटो र निष्पक्ष छानबिन गर्न निर्देशन दिएको प्रधानमन्त्री दाहालका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार ललितपुरको बालकुमारीमा भएको भौतिक र मानवीय क्षतिका घटनाबारे गृह मन्त्रालयसहित सुरक्षामा खटिएका अधिकारीसँग ‘ब्रिफिङ’ लिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवर, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल, ललितपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलगायतसँग घटनाबारे जानकारी लिएका हुन् ।

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  ५ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।