काठमाडौं
१४ पुस । काठमाडौं बुढानीलकण्ठ नगरपालिका २ भंगाल डेरा गरी बस्ने उदयपुर घर भएका २४ वर्षीय दिल बहादुर तामाङलाई शुक्रबार राति प्रहरीले १५ वर्षीया किशोरीलाई बलत्कार(जबरजस्ती करणी) गरेको अभियोगमा पक्राउ गरेको छ ।
तामाङले ती किशोरीलाई भंगालस्थित कालिका पार्कमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेका जानकारी दिएकोे छ ।







प्रतिक्रिया